काठमाडौंमा ६१ सहित थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ६१ जनासहित देशका विभिन्न जिल्लाका ३८१ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १३० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १५ हजार १५६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान जानेको संख्या ६० पुगेको छ ।

किसानको खेतमा हाल्नुपर्ने मल कलकत्ताको 'क्वारेन्टिन'मा, अनेक बाहना बनाउँदै आयातमा ढिलाइ Read Previous

किसानको खेतमा हाल्नुपर्ने मल कलकत्ताको 'क्वारेन्टिन'मा, अनेक बाहना बनाउँदै आयातमा ढिलाइ

सुनको भाउ अचाक्ली बढिरहेकै बेला मंगोलियाले किन्यो ११ हजार ३०० किलो सुन Read Next

सुनको भाउ अचाक्ली बढिरहेकै बेला मंगोलियाले किन्यो ११ हजार ३०० किलो सुन