अब सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’मार्फत तिर्न सकिने

काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपीएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।

 

सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।

 

कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोवार गर्नसक्ने अवस्था सिर्जना भएको छ ।

 

यसले विश्वमा फैलिरहेको कोभिड-१९ को सङ्क्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।

 

कोषले शुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोवार गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

 

यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाइसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजारदेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ ।

सुनको भाउ तोलाको १ लाख नाघ्यो Read Previous

सुनको भाउ तोलाको १ लाख नाघ्यो

एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने Read Next

एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने