एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

काठमाडौं। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा परिवर्तन भएको छ ।

 

कम्पनीले साविकको नाम एनसेल प्रालिलाई एनसेल आजियाटा लिमिटेड बनाएसँगै सार्वजनिक कम्पनी बनेको हो । यससँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

 

नेपाल सरकार उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गराएको कम्पनीले जनाएको छ ।

 

सार्वजनिक कम्पनीमापरिणत भएसँगै अब एनसेल आजियाटालाई सर्वसाधरणमा साधरण सेयर (आइपीओ) निष्काशन गर्ने बाटो खुलेको छ । सरकारले पनि यसअघि नै रियल सेक्टरका कम्पनीहरुलाई सार्वजनिक कम्पनीमा परवर्तन भई आइपीओ जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

अब सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’मार्फत तिर्न सकिने Read Previous

अब सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’मार्फत तिर्न सकिने

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक Read Next

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक