सुनको भाउ तोलाको १ लाख नाघ्यो

काठमाडौं । कोरोना  महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

 

मङ्गलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोवार भएको पहेँलो धातुमा आज १  हजार ६०० तोलाको १ लाख रुपैयाँ नाघेको छ ।बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १  हजार ४०० रुपैयाँ  कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य १ लाख ९०० रुपैयाँ  निर्धारण गरिएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ रुपैयाँ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज १ हजार २९५ रुपैयाँ  निर्धारण भएको छ ।

 

कोभिड-१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य  १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव Read Previous

अन्तर्राष्ट्रिय उडानका लागि नेपालका दुईसहित १२ एयरलाइन्सको प्रस्ताव

अब सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’मार्फत तिर्न सकिने Read Next

अब सञ्चय कोषको सापटीको ब्याज ‘कनेक्ट आइपीएस’मार्फत तिर्न सकिने