काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा तथा बिजिनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् ।
बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशभरका १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर, १९८ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।