एनएमबीको नेतृत्वमा मादमेखोला जलविद्युत्मा ३ बैंकले लगानी गर्ने

काठमाडौं । कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

 

कुल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

 

मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार सोमबार एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

 

वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरे ।

 

नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

 

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोष, प्रभु बैंक र एनआइसी एशिया बैंकले समान रुपमा ५०/५० करोड लगानी गर्नेछन् । बाँकी रहने लगानी भने प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ ।

 

प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत् उत्पादन गर्नेछ । उत्पादित विद्युत् १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ ।

मेलम्चीको सुरुङको गेट निर्माणमा गम्भीर त्रुटी, सच्याउनै ३ महिना लाग्ने Read Previous

मेलम्चीको सुरुङको गेट निर्माणमा गम्भीर त्रुटी, सच्याउनै ३ महिना लाग्ने

माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुपका होटलमा १० प्रतिशत छुट पाउने Read Next

माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुपका होटलमा १० प्रतिशत छुट पाउने