काठमाडौं । २ दशकदेखि जनतालाई झुक्याउँदै आएको मेलम्ची खानेपानी आयोजना झनै पर धकेलिएको छ । आयोजनाको सुरुङ निर्माणमा भएको प्राविधिक त्रुटीले आयोजनालाई अनिश्चित बनाएको हो ।
दर्जर्नौ पटक मेलम्चीको पानी काठमाडौं ल्याउने मिति घोषणा गरिएपनि अहिलेसम्म त्यसले सार्थकता पाउन सकेको छैन । कहिले सरोकारवाला केही व्यक्तिको स्वार्थका कारण त कहिले कामदार, ठेकदार विवाद लयागत कारणले अझै मेलम्ची निर्धारित समयमा सम्पन्न हुन् सकेको छैन ।
यसैबीच आयोजनाको सुरुङ निर्माणमा भएको गम्भीर प्राविधिक त्रुटीका कारण मेलम्ची झनै पर धकेलिएको छ । सुरुङ भित्र निर्माण गरिएका चार वटा गेट भित्रबाट बनाइनु पर्नेमा लापारबाही तरिकाले बाहिरबाट बनाइएको पाइएपछि आयोजनाको काम पछि धकेलिएको हो ।
सुरुङ भित्र निर्माण गरिएका चार वटा गेट भित्रबाट बनाइनु पर्नेमा लापारबाही तरिकाले बाहिरबाट बनाइएको पाइएपछि आयोजनाको काम पछि धकेलिएको हो । सुरुङमा रहेका त्रुटी हटाउनका लागि अझै झण्डै ३ महिना लाग्ने मन्त्रालयले जनाएको छ ।
सुरुङ परीक्षणका लागि पानी भर्ने क्रममा सुरुङको गेट भत्किएर असार ३० गते दुघर्टना भएको थियो । सो दुर्घटनामा आयोजनाका दुई कर्मचारीको ज्यान समेत गएको थियो । दुर्घटना बारे अध्ययन गर्न गठित समितिले अध्ययनका क्रममा सुरुङ निर्माणका गम्भीर लापारबाही र त्रुटी गरिएको तथ्य बाहिर ल्याएको छ ।
सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआइएलले गेट निर्माण गरेको हो ।
आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।
सुरुङमा रहेका त्रुटी हटाउनका लागि अझै झण्डै दुई महिना लाग्ने मन्त्रालयले जनाएको छ । यो अवधिमा निर्माण कम्पनीले ‘हेडबक्स’ काम गरिरहेको छ । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौतानुसार ‘हेडबक्स’ निर्माणको अवधि अझै तीन महिना छ ।

सरकारले यसअघि अस्थायी बाँधबाट पानी पथान्तरण शुरु गरेको थियो । त्रुटि सच्याउदासम्म ‘हेडबक्स’ को निर्माण सकिएमा त्यसैबाट पानी पथान्तरण हुनेछ । अहिले मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरु निर्माणका काम रोकिएको छैन ।
भौतिक प्रगति ९३ प्रतिशत
मेलम्ची आयोजना विसं २०५८/५९ मा सुरु गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, २ दशक बित्दा समेत आयोजना सम्पन्न हुन सकेको छैन ।
राष्ट्रिय गौरवको आयोजना समेत रहेको मेलम्ची खानेपानी आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।
आफैले पटक पटक पानी आउने मिति तोके पानी तोपिकएको मितिमा पानी ल्याउन नसकेकी खानेपानी मन्त्री बीना मगर भने अझै आयोजनाको भैतिक प्रगति सन्तोषजनक रहेको बताउँछिन् ।
‘आयोजनाको भौतिक प्रगति राम्रै छ । हामीले लक्ष्य पूरा गर्न अझै मेहनत गर्नुपर्ने हुन्छ । सोचे अनुसार काम भए अब छिट्टै काठमाडौं बासीले पानी खान पाउँछन् ।’
अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स तथा सुरुङका केही अन्तिम वा फिनिशिङका काम छन् । हेडवर्क्स भनेको नदीबाट पानी फर्काएर सुरुङभित्र ल्याउने काम हो जसका लागि खोलामा सानो बाँध बनाउनुपर्छ ।
आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ ।
साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा एशियाली विकास ब्याङ्कले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको हो ।
यस आयोजनाले झन्डै १३ लाख सहरवासी अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा मेलम्चीमार्फत् १७ करोड लिटर पानी प्रतिदिन काठमाडौं ल्याइने योजना रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नामका अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ । त्यसका लागि आधा अर्ब डलर लाग्ने अनुमान गरिएको छ ।