देशका १५ जिल्ला पूर्ण विद्युतीकरण

काठमाडौं । मुलुकभरका ७७ जिल्लामध्ये १५ जिल्लामा पूर्ण विद्युतीकरण भएका छन् ।

 

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आव २०७६/७७ मा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएसँगै पूर्ण विद्युतीकरण हुने जिल्ला १५ पुगेको हो ।

 

यसअघि पर्वत, स्याङ्जा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो । गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र बर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।

 

प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो । कोभिड-१९ का कारण विद्युतीकरण पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

 

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र वार्षिक प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट पुर्‍याउने लक्ष्य राखेको छ ।

 

विद्युत् प्राधिकरणका आयोजनाको  भौतिक प्रगति ८२ प्रतिशत, १ वर्षमा १३५ मेगावाट बिजुली थप Read Previous

विद्युत् प्राधिकरणका आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत, १ वर्षमा १३५ मेगावाट बिजुली थप

पूर्व-पश्चिम रेलमार्गको काम धमाधम, बर्दिबास खण्डमा ३३ किमी ट्रयाक निर्माण, पूर्वीखण्डको ठेक्का आह्वान Read Next

पूर्व-पश्चिम रेलमार्गको काम धमाधम, बर्दिबास खण्डमा ३३ किमी ट्रयाक निर्माण, पूर्वीखण्डको ठेक्का आह्वान