मुक्तिनाथ क्यापिटलका ग्राहकले आइएमई पेबाट डिम्याट नवीकरणको शुल्क तिर्न मिल्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ ।

 

सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीले डिम्याट र मेरो सेयर नवीकरण शुल्क आइएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

 

सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरे ।

 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

काठमाडौंमा ३१ सहित थप २४६ जनामा कोरोना पुष्टि, १११ डिस्चार्ज Read Previous

काठमाडौंमा ३१ सहित थप २४६ जनामा कोरोना पुष्टि, १११ डिस्चार्ज

८ अर्बको आइपीओ ल्याउन लागेको बैंकको नाफा ८५ करोड Read Next

८ अर्बको आइपीओ ल्याउन लागेको बैंकको नाफा ८५ करोड