काठमाडौंमा ३१ सहित थप २४६ जनामा कोरोना पुष्टि, १११ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ३१ सहित देशका विभिन्न जिल्लाका २४६ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १११ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

 

कोरोनाका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय, चहलपहल बढ्न थालेपछि २५ प्रतिशत मजदूर काममा फर्किए Read Previous

तंग्रिँदै पोखराको पर्यटन व्यवसाय, चहलपहल बढ्न थालेपछि २५ प्रतिशत मजदूर काममा फर्किए

मुक्तिनाथ क्यापिटलका ग्राहकले आइएमई पेबाट डिम्याट नवीकरणको शुल्क तिर्न मिल्ने Read Next

मुक्तिनाथ क्यापिटलका ग्राहकले आइएमई पेबाट डिम्याट नवीकरणको शुल्क तिर्न मिल्ने