काठमाडौं । नबिल बैंक लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ बैंक घोषित भएको छ ।
नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ठ ठहर्याउँदै बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले नबिललाई पुरस्कृत गरेको हो ।गतवर्ष पनि यूरोमनीले नबिललाई यो अवार्ड दिएको थियो ।
समकालीन बैंकहरुमध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।