अजोड इन्स्योरेन्सको सेयर किन्नेको ओइरो, ४ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन्

काठमाडौं । दोस्रो बजारमा अजोड इन्स्योरेन्सको सेयर कारोबार शुरु भएको छ ।

 

गत सोमबार नेप्सेमा सुचीकृत कम्पनीको सेयर चारदिन पछि कारोबारमा आएको हो । यसअघिका दिनमा प्रि ओपनिङ सेसनमा कारोबार हुन नसक्दा कम्पनीको सेयर कारोबारमा आउनसकेको थिएन ।

 

आइतबार प्रि ओपनिङ सेसनमा कम्पनीको १३० कित्ता सेयर २९१ रुपैयाँमा खरिदबिक्री भएको हो।कारोबारमा आएकै दिन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । २९१ रुपैयाँमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात २९ रुपैयाँले बढेर ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कारोबारमा आएसँगै कम्पनीको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ । १२ बजेसम्म कम्पनीको ४ लाख १५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन । यस अवधिसम्म जम्मा ३०० कित्ता सेयर कारोबार भएको छ ।

 

अजोडले असार २५ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर पाएका थिए ।

 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । २ वर्ष अघिदेखि सञ्चालनमा आएको कम्पनीले गत आवमा नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा ४१ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आव २०७६/७७ मा त्यसलाई दोब्बरले बढाएर ८६ करोड पुर्याएको छ ।

नबिल बैंक लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित Read Previous

नबिल बैंक लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल, ३७५ प्रहरी क्वारेन्टिनमा Read Next

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल, ३७५ प्रहरी क्वारेन्टिनमा