५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न २ कम्पनीले पाए अनुमति

काठमाडौं । सरकारले दुई कम्पनीलाई ३० हजार चिनी आयात गर्न अनुमति दिएको छ ।

 

साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले खाद्य कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई सहुलियतमा उक्त परिमाण चिनी आयात गर्न अनुमति दिएको हो ।

 

सरकारका प्रवक्ता तथा अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ५० प्रतिशत भन्सार छुटमा ती कम्पनीलाई चिनी आयात गर्न अनुमति दिइएको जानकारी दिए ।

 

सरकारले चिनी आयातमा प्रतिबन्धात्मक बन्देज लगाएपछि आयातको कोटा पनि सरकारले नै निर्धारण गर्दै आएको छ।

 

सरकारी कम्पनीहरुले सहुलियत र सस्तो चिनी उपलब्ध गराउनका लागि भन्सार छुटमा चिनी आयातका लागि विशेष निर्णय गरे अनुमति दिइएको हो।

काठमाडौंमा ४५ सहित थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन २२७ डिस्चार्ज Read Previous

काठमाडौंमा ४५ सहित थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन २२७ डिस्चार्ज

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्यो, कति कित्ता भर्ने Read Next

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्यो, कति कित्ता भर्ने