काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४५ सहित देशका विभिन्न जिल्लाका २७४ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २२७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १४ हजार २४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।