कोदोमा समेत विदेशकै भर, ७ करोडको आयात

काठमाडौं । सरकारले खाद्य आत्मनिर्भरताको नारा घन्काइरहँदा देश झन परनिर्भरतातर्फ धकेलिएको छ । चामल, दाल, तरकारी, फलफूल लगायत उपभोग्य वस्तु आयात हुँदै आएकोमा हाल आएर कोदो समेत आयात हुन थालेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको हो । आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात भएको तथ्यांकले देखाएको छ ।

 

देशभर २ लाख ६३ हजार २ सय ६१ क्षेत्रफलमा कोदो उत्पादन हने गर्छ । सो क्षेत्रफलबाट ३ लाख १४ हजार मेट्रि«कटन कोदो उत्पादन हुने गरेको छ ।

 

यसै सन्दर्भमा राष्ट्रिय कृषक महासंघले कोदो दिवसकै रुपमा मनाइनु पर्ने माग गरेको छ । कृषक महासंघका अध्यक्ष नवराज बस्नेतले साउन १५ को दिन कोदो रोपेर खिरलाई खाजाको रुपमा खाइने भएकाले यस दिनलाई कोदो दिवसको रुपमा मनाइनु पर्ने बताए ।

 

आज आयोजिक कोदो बहस कार्याक्रममा बोल्दै उनले मानिसहरुले कोदो छाडेर भात धेरै खान थालेको र भाते भएको भन्दै कोदोलाई प्रमोट गर्नु पर्ने बताए ।

 

‘कोदोमा भारत, मकैमा भन्दा धेरै बढि पोषण हुन्छ, कोदो विस्तापित हुँदै गयो, यसको उपभोग बढाउन जरुरी छ,’ बस्नेतले भने ‘अब असार १५ लाई कोदो दिवसको रुपमा मनाउँ, यसैबाट कोदोको महत्व सबैसामु पुराउदै जानु पर्छ ।’

 

यस्तै महासंघका संरक्षक तथा पूर्वाध्यक्ष उदव अधिकारीले देश कृषि तर्फ उल्टो दिशामा लागेको भन्दै यसलाई सहि दिशामा डोर्याउन जरुरी रहेको बताए । मिठासे जिब्रोका कारण मानिसहरु कोदोको ठाउँमा चामलप्रति धेरै आर्कषक भइरहेको उनले बताए ।

 

भात नखाए पनि हुने तर, कोदोमा आइरन, पोष्टिक आहार बढी हुने भएकोले यसको उपभोगलाई प्राथमिकता दिनु पर्ने उनले बताए ।‘हामी धेरै मिठासे भयौँ, भात नभई नहुने भयो, अब कोदोलाई पनि दैनिक खानामा जोड्नु पर्छ, चौमिन, बिस्कुट, मःमः जे गरी हुन्छ यस तर्फ उपभोक्तालाई अकर्षण गर्न सक्नु पर्छ,’ पूर्वाध्यक्ष अधिकारीले भने ।

 

नेपालमा समाज, समुदाय पीछडिएको तर, त्यो कोदोलाई समेत पछि पारिएको उनले बताए । हरेक तवरले कोदो पोषण युक्ता भएकाले यसको उपभोग बढाउन सरकार लाग्नु पर्ने यनले बताए ।

 

यस्तै कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी नेपाल कृषिमा पूर्ण आत्मनिर्भर नभएको तर, एकै पटक फलेका कोदो ४/५ वर्षसम्म स्टोर गरेर राखिने भएकाले त्यसमा आत्मनिर्भर जस्तै देखिएको बताउछन् ।

 

उनले नेपालमा कोदो बंगलादेश र भुटानबाट आयात हुने गरेको बताए । कोदो नकुहिने र सधै नखाने भएकाले यसको खपत वृद्धि हुन नसकेको उनले बताए ।हालसम्म सरकारले धान र गहुँका लागि न्यूनतम मूल्य निर्धारण गरेको छ । कोदोका लागि न्यूनतम मूल्य तोकिएको छैन ।

 

उपत्यकामा कोदो किनेर खानेको जमात बढ्दै गएकाले आयात समेत वृद्धि हुन थालेको उनी बताउछन् ।‘कोदोमा आत्म निर्भर त भइसकेका छैनौँ, तर एक पटक फलेको कोदो ४/५ वर्षसम्मका लागि राख्ने चलन छ, यो छिटो कुहिन्न त्यसै ले पनि हो, अब गाउँमा पनि भात बढी खान्छन्, खपत छैन,’ रेग्मीले भने ‘स्थानीय तहबाटै मिलेर कोदोको पोषणको विषयमा प्रचारप्रशार गर्नु पर्नेछ ।’

 

उनले एउटा तवरबाट मात्र यो सम्भव नभएकोले प्रदेश, स्थानीय र स्वास्थ्य मन्त्रालयसँग मिलेर यसको खपतलाई बढाउन तर्फ लाग्नु पर्ने बताए । राम्रो व्यवस्थापन गरी खेती गरिएको खण्डमा प्रतिरोपनी १३० केजी देखि १६५ केजीसम्म कोदो उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन् ।

 

कोदो पर्याप्त पोषक तत्व भएकाले गर्भवती महिला, बढ्दो उमेरका बच्चा, मधुमे, रत्तचाप भएका विरामीहरुका लागि यो उपयुक्त खाना हो । यसलाई ब्राण्ड बनाएर रक्सी, पिठो, बिस्कुट, चाउचाउ, लगायतका सामग्रीको रुपमा समेत विक्री गरी बजारीकरण गर्न सकिने देखिन्छ ।

सेयर बजार लयमा फर्कियो, लगानीकर्ता हाइड्रोको सेयरमा झुम्मिँदा १० कम्पनीको मूल्यमा सर्किट Read Previous

सेयर बजार लयमा फर्कियो, लगानीकर्ता हाइड्रोको सेयरमा झुम्मिँदा १० कम्पनीको मूल्यमा सर्किट

काठमाडौंमा ४५ सहित थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन २२७ डिस्चार्ज Read Next

काठमाडौंमा ४५ सहित थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन २२७ डिस्चार्ज