सेयर बजार लयमा फर्कियो, लगानीकर्ता हाइड्रोको सेयरमा झुम्मिँदा १० कम्पनीको मूल्यमा सर्किट
चाणक्य पोष्ट
प्रकाशित : 3:22 pm, बिहीबार, साउन १५, २०७७

काठमाडौं । लगातार तीन दिनको ओरोलो यात्रापछि सेयर बजार लयमा फर्केको छ । साताको अन्तिम कारोबार दिन बिहीबार तीव्र उतरचढावका बीच बजार हरियाली भएर बन्द भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७ं७३ अंकले बढेर १४३९.०६ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३४ लाख ३० हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक उकालो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५५.४९ अंकले बढेको छ ।

 

कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यसको २२ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज १० वटा कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । बढ्दो बजारमा लगानीकर्ता हाइड्रोपावरको सेयरमा झुम्मिएका छन् । आज पोजेटिभ सर्किट लागेका ९ कम्पनीमध्ये ८ वटा हाइड्रो रहेका छन् । खानीखोला, नेशनल, हिमालयन, जोशी, युनियन लगायत ८ हाइड्रो कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा पनि आज घोडाघोडी लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।