सिटिजन्स बैंकले घर किन्न ९.५ प्रतिशत ब्याजदरमै ऋण दिने

काठमाडौं। बैंकमा अधिक तरलता भएपछि पछिल्लो समय बैंकहरुबीच सस्तो ब्याजदरमा कर्जा दिने होडबाजी चलेको छ । कोरोनाका कारण ऋण लगानी हुन छाडेपछि बैंकहरुलो ब्याजदर घटाएर कर्जा लगानी गर्न थालेका हुन् ।

 

यसैबीच, सिटिजन्स बैंकले सस्तो ब्याजमा ‘सिटिजन्स घर कर्जा योजना’ र साना तथा मझौला (एसएमई) कर्जा योजना ल्याएको छ।

 

बैंकले ९.५ प्रतिशत ब्याजदरमै घर कर्जा दिने भएके छ । जग्गारघर खरिद गर्न तथा घर निर्माण गर्न बैंकले यस्तो ऋण दिने छ।

 

कागजात पेश गरेको ३ कार्य दिनभित्र बैंकले ऋण बारे निर्णय गर्ने छ। ऋण २५ वर्षसम्मका लागि पाइने छ। घर कर्जा लिनेलाई बैंकले शुल्क क्रेडिट कार्ड पनि दिने छ।

 

छोटो समयावधिका लागि संचालनमा ल्याइएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

 

यस्तै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजना पनि सुरु गरेको छ। यस्तो कर्जाको ब्याजदर १०.९९ प्रतिशत रहेको बैंक्ले जनाएको छ ।

 

देशभरका १०९ वटै शाखा कार्यालयबाट यी कर्जा योजना अन्तर्गत ऋण पाइने बैंकले जनाएको छ ।

काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो Read Previous

काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

अब १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने, सार्वजनिक यातायात चलाउन २५ वर्ष पुग्नु पर्ने Read Next

अब १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने, सार्वजनिक यातायात चलाउन २५ वर्ष पुग्नु पर्ने