काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १५ सहित २१० जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १४६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १४ हजार २१ पुगेको छ ।

 

हालसम्म नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो Read Previous

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

सिटिजन्स बैंकले घर किन्न ९.५ प्रतिशत ब्याजदरमै ऋण दिने Read Next

सिटिजन्स बैंकले घर किन्न ९.५ प्रतिशत ब्याजदरमै ऋण दिने