सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । सोमबारदेखि ओरालो लागेको सेयर बजारले आफ्नो यात्रा निरन्तर राखेको छ । अघिल्ला दुई दिनमा करिब ११ अंकले घटेको बजारमा आज उच्च अंकको गिरावट आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २३.३६ अंकले घटेर १४३१.५२ विन्दुमा आइपुगेको छ । आज १८१ कम्पनीको १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम भने करिब ४३ करोडले बढेको छ । आज ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका १२ वटै समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९०.८२ अंकले घटेको छ ।आज कारोबारमा आएक अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

 

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज पाँच वटा कम्पनीको सेयर मूल्यका सर्किट लागेको छ । युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, मिर्मिरे र आरम्भर चौतारी माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

 

आज जनउत्थान लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

राजधानीमै सुध्रिएन मुख्य सडकको अवस्था, कतै खाल्डैखाल्डा कतै हिलाम्मे Read Previous

राजधानीमै सुध्रिएन मुख्य सडकको अवस्था, कतै खाल्डैखाल्डा कतै हिलाम्मे

काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो Read Next

काठमाडौंमा १५ सहित थप २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो