उद्योग नवीकरण गर्ने म्याद १ महिना थप, उपत्यका भित्रकाले भदौ ७ भित्र गर्नुपर्ने

काठमाडौं । भदौ ७ गते भित्र उद्योग नवीकरण नगरे जरिवाना लाग्ने भएको छ । उद्योग विभागले एक सूचना जारी गर्दै लकडाउन खुलेको १ महिनाभित्र उद्योग नवीकरण गरिसक्नु पर्ने जानकारी गराएको छ ।

 

विभागले काठमाडौं उपत्यका भित्र साउन ८ गते र उपत्यका बाहिर भदौ १ गतेदेखि लकडाउन खुलेको ३० दिन भित्र उद्योग नवीकरण गर्न आग्रह गरेको छ । यस अनुसार अब काठमाडौं उपत्यकाका उद्योगहरुले भदौ ७ गते भित्र र बाहिरकाले भदौ ३० भित्र नवीकरण गरिसक्नु पर्नेछ ।

 

‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ ।

 

यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

 

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

खेल्न प्रतिबन्ध भए पनि आयातमा छैन रोक, १ वर्षमै भित्रियो साढे २३ करोडको तास Read Previous

खेल्न प्रतिबन्ध भए पनि आयातमा छैन रोक, १ वर्षमै भित्रियो साढे २३ करोडको तास

सेयर बजारका लगानीकर्ता माथि नेप्सेको अर्को खड्ग प्रहार Read Next

सेयर बजारका लगानीकर्ता माथि नेप्सेको अर्को खड्ग प्रहार