खेल्न प्रतिबन्ध भए पनि आयातमा छैन रोक, १ वर्षमै भित्रियो साढे २३ करोडको तास

काठमाडौं । नेपालमा जुवातास खेल्नु गैरकानू मानिए पनि आयातमा भने कुनै प्रतिबन्ध लगाइएको छैन । तास खेल्न प्रतिबन्ध लगाउने तर आयातमा रोक नलगाउँदा वार्षिक करोडौं रुपैयाँ बाहिरिने गरिने छ ।

 

सरकारले खेल्न रोक लगाउने तर करको लोभमा आयातमा भने अहिलेसम्म प्रतिबन्ध लगाएको छैन ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै नेपालमा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ बराबरको तास भित्रिएको छ । भन्सार विभागका अनुसार गत आवमा उक्त रकम बराबरको १ करोड ३२ लाख ६७ हजार बुक तास आयात भएको छ ।

 

नेपालमा मुख्यगरी चीन, भारत, थाइल्याण्ड, मलेसिया लगायत देशबाट तास आयात हुने गरेको विभागले जनाएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका १ करोड ५७ लाख बुक तास आयात भएको थियो ।

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर राजस्व घाटा Read Previous

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर राजस्व घाटा

उद्योग नवीकरण गर्ने म्याद १ महिना थप, उपत्यका भित्रकाले भदौ ७ भित्र गर्नुपर्ने Read Next

उद्योग नवीकरण गर्ने म्याद १ महिना थप, उपत्यका भित्रकाले भदौ ७ भित्र गर्नुपर्ने