अब राष्ट्र बैंकका कर्मचारीले टिकटक बनाउन नपाउने, पत्रिकामा लेख छाप्न पनि अनुमति लिनुपर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।

 

पछिल्लो समय कर्मचारीहरुले सामाजिक सञ्जालमा अमर्यादित र लाञ्छानायुक्त भाषाको प्रयोग गर्ने गरेको भन्दै कर्मचारीका लागि ‘ध्यानाकर्षण पत्र’ जारी गर्दै राष्ट्र बैंकले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो।

 

त्यस्तै, कर्मचारीहरुले कार्यालय पोशाक तथा कार्यस्थलमै टिकटक बनाउने गरेको पाइएपछि राष्ट्र बैंकले उनीहरुलाई टिकटक बनाउन समेत रोक लगाएको छ ।

 

यस्तै, राष्ट्र बैंकले कर्मचारीहरुलाई अनुमति नलिई सञ्चार माध्यम /पत्रपत्रिकामामा लेख, रचना प्रकाशन तथा प्रसारण गर्न नपाउने व्यवस्था गरेको छ ।

 

केही कर्मचारीले सेवा विनियमावली विपरीत राष्ट्र बैंक तथा सरकारको नीति विरुद्ध लेख प्रकाशन गरेको भन्दै राष्ट्र बैंकले अबदेखि राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागको स्वीकृति बेगर त्यस्ता कार्य गर्न नपाउने जनाएको छ ।

 

साथै, अनुमति बिना राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुद्वारा आयोजित वेबिनारमा भाग लिने र प्रस्तुतिकरण दिन पाइने छैन। नियम विपरीत काम गरेको पाइएमा कर्मचारी सेवा विनियमावली अनुसार विभागीय कारबाही हुने राष्ट्र बैंकले जनाएके छ ।

मेगा बैंकले ल्यायो सस्तो एसएमई कर्जा योजना, २ दिनमै १ करोडसम्म कर्जा स्वीकृति हुने Read Previous

मेगा बैंकले ल्यायो सस्तो एसएमई कर्जा योजना, २ दिनमै १ करोडसम्म कर्जा स्वीकृति हुने

चार पटक म्याद थप्दा पनि गौतमबुद्ध विमानस्थलको काम पूरा भएन, पाँचौं पटक थप्ने तयारी Read Next

चार पटक म्याद थप्दा पनि गौतमबुद्ध विमानस्थलको काम पूरा भएन, पाँचौं पटक थप्ने तयारी