मेगा बैंकले ल्यायो सस्तो एसएमई कर्जा योजना, २ दिनमै १ करोडसम्म कर्जा स्वीकृति हुने

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना ल्याएको छ ।

 

बैंकले दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकलाई ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।

 

अब साना तथा मझौला व्यवसायीहरुले १ करोड रुपैयाँसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर १ बर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।

 

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । बैंकका देशभरका २०६ वटै शाखाबाट यो सुविधा पाइनेछ ।

 

कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने बैंकले विश्वास लिएको छ ।

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी Read Previous

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

अब राष्ट्र बैंकका कर्मचारीले टिकटक बनाउन नपाउने, पत्रिकामा लेख छाप्न पनि अनुमति लिनुपर्ने Read Next

अब राष्ट्र बैंकका कर्मचारीले टिकटक बनाउन नपाउने, पत्रिकामा लेख छाप्न पनि अनुमति लिनुपर्ने