चार पटक म्याद थप्दा पनि गौतमबुद्ध विमानस्थलको काम पूरा भएन, पाँचौं पटक थप्ने तयारी

काठमाडौं । भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ताकिएको समयमा पूरा नभएपछि पुनः म्याद थप्ने तयारी गरिएको छ ।

 

चाथौ पटक थपिएको म्याद अनुसार विमानस्थल निर्माण सन् २०२० को मार्च ३० सम्म सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोनाका कारण नियमित काम गर्न नसकिएपछि आयोजनाको पाँचौ पटिक म्याद थप्ने तयारी गरिएको छ ।

 

कोरोनाका कारण गति लिन नसकेको विमानस्थल निर्माण पूरा गर्न थप म्याद थपको प्रक्रिया अघि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरणले २०२० डिसेम्बर अन्तिमसम्मका लागि म्याद थपको प्रस्ताव गरेको छ । सुरुमा सो विमानस्थल २०१८ सम्ममा उडान सुरु गर्ने लक्ष्य राखिएको थियो । विभिन्न कारण देखाउँदै पटक पटक म्याद थपिएको विमानस्थल निर्माणको कोरोना कारण देखाउँदै पुनः म्याद थप्ने तयारी गरिएको हो ।

 

विमानस्थल निर्माण गत चैत्र महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । हालसम्म विमानस्थल निर्माणका क्रममा रनवे, टर्मिनल भवन, प्रशासन भवन, कन्ट्रोल टावर, ट्याक्सीवे र पार्किङ जस्ता ठूला निर्माण कार्यहरू हालसम्म सम्पन्न भइसकेका छन् ।

 

विमानस्थल निर्माणका क्रममा अहिलेसम्म ६ अर्बका हाराहारीमा भुक्तानी खर्च भइसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । विमानस्थल निर्माणका लागि ६ अर्ब २२ करोड विनियोजन गरिएको थियो । उनले मुआब्जा बाहेक ६ अर्ब हाराहारीमा रकम भुक्तानी भएको बताएका हुन् ।

 

यस्तै लकडाउनका कारण चिनियाँ कामदारहरु नेपाल आउन नपाएकाले पनि कतिपय कामहरु रोकिन पुगेको उनले बताए । ‘लकडानका कारण तोकिएको समयमा पूरा गर्न सकिएन, हाल म्याद थपको प्रकृयामा छौँ,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार हाल लकडाउन खुल्यो भने पनि पूर्णरुपमा खुल्ला नभएकाले कामदारहरु आउन नपाएको बताए । अब लकडाउन पूरै खुलाएर सबै कामदारले काम गर्दा ३ देखि ४ महिनामा निर्माण सम्पन्न हुने उनले बताए । ‘फिजिकल काम सबै सकिसकेको छ, लाइट, मार्बल लगाउने लगायतका काम मात्र बाँकी हुन, केही चिनियाँ कामदारहरुले पनि काम गर्नु पर्ने भएकाले उनीहरु फर्किए पछि चाँडै सकिने छ,’ क्षेत्रीले भने ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनकै अवस्थामा पनि निरन्तर काम भने भइरहेको थियो । हाल विमानस्थलमा एसी जडान, टर्मिनल हाउस फिनिसिङ, धावनमार्ग र ट्याक्सी वेमा केवल जडान, नाला बनाउने लगायतका कामहरु भइरहेको छ ।

 

विमानस्थल निर्माणको काम दुई भागमा भइरहेको छ । आईसीबी १ र आईबीसी २ गरी दुई भागमा विमानस्थल निर्माणको काम भइरहेको छ । चिनबाट आउन बाँकी केही जनशक्तिका कारण समेत निर्माण कामले गति लिन नसकेको उनले बताए । आईबीसी २ अन्तर्गतको काम चिनियाँ जनशक्तिले गर्ने हुँदा उक्ता काममा असर परेको हो ।

 

९ प्रतिशत काम धेरै जसो बेसिक उपकरण जडान लगायतका कामहरु बाँकी रहेको छ । चीनबाट आउने उपकरणहरु समेत बनिसकेको र त्यो ल्याउन मात्र बाँकी रहेको उनले बताए । सो उपकरणहरु ल्याउन नपाउँदा समेत कामहरु रोकिन पुगेको छ ।

 

विमानस्थल निर्माण गत चैत्र महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । हालसम्म विमानस्थल निर्माणका क्रममा रनवे, टर्मिनल भवन, प्रशासन भवन, कन्ट्रोल टावर, ट्याक्सीवे र पार्किङ जस्ता ठूला निर्माण कार्यहरू हालसम्म सम्पन्न भइसकेका छन् ।

 

हाल विमानस्थलमा आन्तरिक काम, आवश्यक उपकरणको स्थापना, प्रकाश प्रणालीको काम, भित्री सजावटसँग सम्बन्धित कामहरू चलिरहेको छ ।

 

सो विमानस्थल निर्माणका क्रममा करिब १५ बिघा जमिन अधिग्रहण भएको छ । मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो। त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ । विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरजग्गा अधिग्रहण गरिएको छ ।

 

सञ्चालनपछि यस विमानस्थलले दैनिक १६ हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ ।

अब राष्ट्र बैंकका कर्मचारीले टिकटक बनाउन नपाउने, पत्रिकामा लेख छाप्न पनि अनुमति लिनुपर्ने Read Previous

अब राष्ट्र बैंकका कर्मचारीले टिकटक बनाउन नपाउने, पत्रिकामा लेख छाप्न पनि अनुमति लिनुपर्ने

लघुवित्तलाई पनि फोर्स मर्जरमा लैजाँदै राष्ट्र बैंक, हकप्रद निष्काशनमा रोक Read Next

लघुवित्तलाई पनि फोर्स मर्जरमा लैजाँदै राष्ट्र बैंक, हकप्रद निष्काशनमा रोक