अब पोस्टपेड मोबाइल चलाउनेले रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । अब नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड प्रयोगकर्ताले हरेक रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।

 

यसअघि सिमकार्ड दिँदा नै एकमुष्ट स्वामित कर लिने गरेको टेलिकमले अब भने हरेक रिचार्जमा २ प्रतिशत स्वामित कर लिने भएको हो ।

 

नेपाल टेलिकमका सूचना अधिकारी शोभन अधिकारीका अनुसार यसअघि नयाँ सिमकार्ड दिँदा नै एकमुष्ट स्वामित्व कर लिने गरिएको थियो । अहिले सिमकार्ड किन्दा कर नलिने भएकाले रिचार्जमा कर लगाइएको हो ।

 

‘यसअघि नयाँ पोस्टपेड सिमकार्ड दिँदा ५०० स्वामित्व करसहित ११३० रुपैयाँ लिने गरिएको थियो,’ उनले भने, ‘अहिले स्वामित्व कर नलिइ ५०० रुपैयाँमै सिमकार्ड दिइने गरिएको छ । त्यसैले अबदेखि रिचार्जमा २ प्रतिशत स्वामित्व कर लाग्ने भएको हो ।’

 

टेलिकमले प्रिपेड मोबाइलको रिचार्जमा भने यसअघि नै २ प्रतिशत स्वामित्व कर लगाउँदै आएको छ ।

युरोपेली युनियन देशका बैंकहरुले २०२१ सम्म लाभांश नबाँड्ने Read Previous

युरोपेली युनियन देशका बैंकहरुले २०२१ सम्म लाभांश नबाँड्ने

थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो Read Next

थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो