थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका ३११ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १२१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । योसँगै कोरानाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

अब पोस्टपेड मोबाइल चलाउनेले  रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने Read Previous

अब पोस्टपेड मोबाइल चलाउनेले रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी Read Next

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी