युरोपेली युनियन देशका बैंकहरुले २०२१ सम्म लाभांश नबाँड्ने

युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ ।

 

कोरोना भाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो ।

 

ईसीबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो ।

 

ईसीबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश वितरण रोक्नु परेको उल्लेख छ । एएफपी

सेयर बजारमा गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो Read Previous

सेयर बजारमा गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

अब पोस्टपेड मोबाइल चलाउनेले  रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने Read Next

अब पोस्टपेड मोबाइल चलाउनेले रिचार्जमा २ प्रतिशत कर तिर्नुपर्ने