काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ । सोमबार करिब ३ अंकले घटेको बजार आज करिब ८ अंकले घटेको छ भने कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ । आज १८५ कम्पनीको १ अर्ब २५ करोड ८४ लाख ३६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ । यो हिजोको तुलनामा करिब ५६ करोडले कम हो । आज ३२ लाख ४४ हजार ५८१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका १२ वटा समूहमध्ये म्युचुअल लगानी कोष र वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७.६१ अंकले घटेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। यसको १० करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्यमा मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर मूल्य ५.०३ प्रतिशतले घटेको छ ।