काठमाडौं । कोकाकोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८” को रनर अप अवार्ड बाट सम्मानित भएको छ ।नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले बोटलर्स नेपाललाई सम्मानित गरेको हो ।
होटल र्याडिसनमा आयोजना गरिएको कार्यक्रममा आईक्यानले सन् २०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका रहेको भन्दै यो अवार्ड प्रदान गरेको हो ।
बोटलर्स नेपालले विगत ४ वर्षदेखि निरन्तर लगातार यो अवार्ड जित्दै आएकोे छ । उसले सन् २०१५, २०१६ र २०१७ मा क्रमश सेकेन्ड रनर अप, फस्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई अवार्ड प्रदान गरेका छन् ।