कर्मचारी सञ्चय कोषद्धारा ई–पेमेन्ट सेवाको सुरुवात

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने धितो कर्जा, अब सोझै ग्राहकको बैंक खातामा जम्मा हुने व्यवस्थाको आजबाट सुरु गरेको छ ।  कोषले यो सेवाको लागि नेपाल क्लियरिङ्ग हाउसको (एनसीएचएल–आइपीएस) तथा कनेक्ट आपीएस ए–पेमेन्ट प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ ।

 

आफ्ना सम्पूर्ण भुक्तानी तथा संकलन सोझै बैंकखाता मार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्विकृत भएको आवास कर्जाको भुक्तानी हालको लागि हिमालयन र एनएमबि बैंक मार्फत गर्ने भएको छ ।

 

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने छ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ ।

 

यसरी जम्मा हुने रकममध्ये १० लाख सम्मको रकम कनेक्ट आइपीएस मार्फत रियल टाइममा जम्मा हुनेछ । यस्तै १० लाख भन्दा माथिको रकम नेपाल क्लियरिङ हाउसमार्फत सेटल्मेन्ट पश्चात सोही दिन वा अर्को दिन भुक्तानी हुने व्यवस्था गरेको छ ।

 

वार्षिक साढे २ लाखको संख्यामा भुक्तानी गर्ने यस कोषले कर्जा व्यवस्थापन सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्न विद्युत्तीय प्रणालीको प्रयोग गरी महत्वपूर्ण कदम चालेको छ । यस प्रणालीले कोषको आन्तरिक सञ्चालन कार्यमा सहजता ल्याउनुका साथै लाभग्राहीलाई थप सुविधा प्रदान गर्ने कोषले विश्वास लिएको छ ।

 

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा साढे ५ लाखभन्दा बढी सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।

बोटलर्स नेपाल 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट' अवार्ड बाट सम्मानित Read Previous

बोटलर्स नेपाल 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट' अवार्ड बाट सम्मानित

मौद्रिक नीतिप्रति नेपाल उद्योग परिसंघ सन्तुष्ट Read Next

मौद्रिक नीतिप्रति नेपाल उद्योग परिसंघ सन्तुष्ट