ज्योति विकास बैंक १२औं वर्षमा प्रवेश

काठमाडौं । ज्योति विकास बैंक आफ्नो स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आज कमलादिस्थित कार्यालय प्राङ्गणमा एक समारोह बीच आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । यस बैंकको स्थापना २०६५ साल साउन ९ गते भएको हो ।

 

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा १ सय भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।

 

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इ–नेबल नेपाल नामको संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण गरेको छ। सो रकम थ्रीडि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिनेछ ।

 

 

वार्षिकोत्सवकै अवसरमा बैंकले “हाम्रो सुरक्षित बचत खाता” नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचत सँगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंक विश्वस्त छ। यस बचत खाता ज्योति विकास बैंकको देशभरिको शाखाबाट उपलब्ध हुने छ।

 

 

हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने जनाएको छ ।

दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त Read Previous

दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त

बोटलर्स नेपाल 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट' अवार्ड बाट सम्मानित Read Next

बोटलर्स नेपाल 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट' अवार्ड बाट सम्मानित