काठमाडौं ।दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । हालै बसेको मन्त्रीपरिषदको बैठकले खनाललाई नियुक्त गरेको हो ।
उनको कार्यकाल आगामी ५ वर्षसम्म तोकिएको छ । खनाल यसअघि प्राधिकरणमा नै कार्यबाहक अध्यक्षको रुपमा कार्यरत रहेका थिए ।
सो पदका लागि मन्त्रीपरिषदले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको तीनजनाको सिफारिसमध्येबाट खनाललाई छनौट गरेको हो । मन्त्रालयले प्राधिकरणको कार्यकारी अध्यक्षका लागि खनालसहित डा.नन्द बिक्रम अधिकारी र दिपक राज जोशीलाई सिफारिस गरेको थियो ।
यसअघि मन्त्रीपरिषदको निर्णयअनुसार मन्त्रालयले कार्यकारी अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनौट गर्न मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा ३ सदस्यिय छनौट तथा सिफारिस समिती गठन गरेको थियो ।