काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।
सुनको भाउ सोमबार प्रतितोला १२०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा आइतबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार ६० रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १२१० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ११५५ रूपैयाँमा कारोबार भएको थियो।