रिलायबल इन्स्योरेन्सले ६० करोडको आइपीओ निष्काशन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

 

कम्पनीको आइतबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले जारी चुक्ता पूँजीको ३० प्रतिशत बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको आइपीओ निष्काशन हुनेछ ।

 

उक्त साधारण सभाले आइपीओ जारी गर्न कम्पनीले प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

 

यस्तै, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू समेत साधारण सभाले पारित गरेको छ।

 

कम्पनीले हालसम्म विभिन्न १७ प्रकारका बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ। कम्पनी गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९७ हजार पुग्यो Read Previous

सुनको भाउ बढेको बढ्यै, तोलाको साढे ९७ हजार पुग्यो

व्यापारीमा कोरोना देखिएपछि महाबौद्धका पसल बन्द Read Next

व्यापारीमा कोरोना देखिएपछि महाबौद्धका पसल बन्द