१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 

केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

 

कुल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।

 

यसअघि बैंकले यही साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

महालक्ष्मी बैंकको विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा Read Previous

महालक्ष्मी बैंकको विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा

अचाक्ली महँगियो भान्सा, तरकारीको भाउ ५७८ प्रतिशतसम्म बढ्यो Read Next

अचाक्ली महँगियो भान्सा, तरकारीको भाउ ५७८ प्रतिशतसम्म बढ्यो