महालक्ष्मी बैंकको विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

 

बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।

 

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, २ वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

 

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

 

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकका करिब ५ लाख ग्राहक छन् ।

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो Read Previous

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक Read Next

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक