काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ३०० नमूना परीक्षणमा काठमाडौंमा ८ सहित विभिन्न जिल्लाका १३० जनामा कोरोना पुष्टि भएको हो ।
देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ८ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।
पछिल्लो २४ घण्टामा थप ७५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १३ हजार १२८ पुगेको छ ।
नेपालमा हालसम्म कोरानाका कारण ४५ जनाको मृत्यु भइसकेको छ ।