बानेश्वरको आकाशे पुल २ महिना भित्र बन्ने, कोटेश्वरको भने जग्गा विवादमै अल्झियो

काठमाडौं । सडक डिभिजन कार्यालयले गत आवमै सम्पन्न गर्ने लक्ष्य राखेको काठमाडौंका दुई स्थानमा आकाशे पुल अझै पूरा हुन सकेका छैनन् ।

 

डिभिजनले गत वर्ष २०७६/७७ मा नयाँ बानेश्वर र कोटेश्वर चोकमा आकाशे पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेको थियो । अहिले बानेश्वरमा निर्माण भइरहेको पुलको पिलर बनाउने काम भइरहे पनि कोटेश्वरको भने विवादका कारण कामले गति लिन सकेको छैन ।

 

बानेश्वरको आकाशे पुल निर्माणका लागि स्टीलकका पार्टहरु बनाउने कर्मचारी नहुँदा निर्माणमा ढिलाइ भएको डिभिजनका सूचना अधिकारी सृजना अधिकारीले बताइन् ।

 

उनले आकाशे पुल बनाउन स्टीलको पार्टपुर्जा बनाउने काम भइरहेको बताइन । हाल केही कर्मचारीहरुले स्टील पार्टपुर्जा बनाउने काम गरिरहेका छन् । सो पार्टपुर्जा बनेपछि पुलमा फलाम जडान गर्ने काम मात्र बाँकी रहने उनले बताइन् । सो कामका लागि अझै २ महिना लाग्ने उनले बताइन् ।

 

‘अहिले फलाम तथा स्टीलको पार्टपुर्जा बनाउने काम भइरहेको छ, यो पूरा भएपछि २ महिनामा निर्माण पूरा हुन्छ होला,’ अधिकारीले भनिन् । सो पुल ३ करोड ५ लाख रुपैयाँमा निर्माण हुँदै छ ।

 

कोटेश्वरमा बनाइने आकाशे पुलको विवाद भने अझै सुल्झिन सकेको छैन । आकाशे पुल निर्माणका क्रममा एयरपोर्ट जग्गा समेत मिचेर हवाइ जहाज आउने क्रममा आकाशे पुलले समस्या दिने भएपछि सो पुल निर्माणको टुंगो नलागेको हो ।

 

कोटेश्वरमा पुल निर्माण गर्ने कि नगर्ने अझै निश्चत नभएको अधिकारीले बताइन् । ‘कोटेश्वरमा बनँइने आकाशे पुलले जहाज ल्याण्डीङमा समस्या ल्याउन सक्ने देखिएको छ, त्यसले गर्दा नि बनाउने कि नबनाउने अझै निश्चित भइसकेको छैन,’ अधिकारीले भनिन् ।

 

घट्टेकुलोमा आरसीसी ब्रिज निर्माण

 

गत आवमा घट्टेकुलो स्टील आरसीसी ब्रिज निर्माण पूरा भएको छ । काठमाडौं सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा घट्टेकुलोको पुल निर्माण र विष्णुमती खोलामा पुल निर्माणको काम सम्पन्न गरेको हो ।

 

चालु आवभित्र सेतीदेवीमा बन्दै गरेको बाग्मती खोला पुल आउँदो असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो ब्रिजमा जग उठाउने काम सकिएको जनाइएको छ । सो पुलको निर्माण बर्खाले भत्काएका कारण त्यसमा अझै समय थप गरी कार्य सम्पन्न गरिने बताइनएको छ ।

बुद्ध एयरको होलिडे प्याकेज : ६ हजारमा २ दिनको लजिङसहित पोखरा टूर, ८ हजारमा सौराहा Read Previous

बुद्ध एयरको होलिडे प्याकेज : ६ हजारमा २ दिनको लजिङसहित पोखरा टूर, ८ हजारमा सौराहा

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो Read Next

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो