बुद्ध एयरको होलिडे प्याकेज : ६ हजारमा २ दिनको लजिङसहित पोखरा टूर, ८ हजारमा सौराहा

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड–१९ पछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय आकर्षक प्याकेज ल्याएको छ ।

 

बुद्ध एयरको भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गर्न छुटसहितको प्याकेज ल्याएको हो ।

 

बुद्धको होलिडे प्याकेजअन्तर्गत पोखराको २ रात ३ दिनको पर्यटकीय प्याकेज होटल र दुईतर्फि हवाइ टिकटसहित ५ हजार ९९९ तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार होटलको कोठा, विहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एण्ड ड्रपको व्यवस्था समेत यही मूल्यमा समावेश छ।

 

त्यस्तै, चितवनको २ दिन पर्यटकीय प्याकेज होटल र उडानसहित ७ हजार ९९९ रुपैयाँ रहेको छ । जसमा दुईतर्फी हवाई टिकट, तीनतारे होटलको बसाइ, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटल र फेरि फर्किंदा एयरपोर्टको गाडी सुविधा समावेश छ ।

 

कम्पनीका अनुसार भदौ १ गतेदेखि हवाइ उडान खुलेपछि यो प्याकेज लागू हुनेछ ।

 

यसको मुख्य उद्देश्य सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवर्द्धन गर्नु र यहाँका सेवा सुरक्षित छन् भनेर विदेशी पर्यटकलाई देखाउनु रहेको कम्पनीले जनाएको छ ।

बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब ९२ करोडको कारोबार Read Previous

बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब ९२ करोडको कारोबार

बानेश्वरको आकाशे पुल २ महिना भित्र बन्ने, कोटेश्वरको भने जग्गा विवादमै अल्झियो Read Next

बानेश्वरको आकाशे पुल २ महिना भित्र बन्ने, कोटेश्वरको भने जग्गा विवादमै अल्झियो