बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, नेप्से दोहोरो अंकले बढ्दा १ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २२.१७ अंकले बढेर  १४६४.८४ विन्दुमा पुगेको छ । आज १९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ४४ लाख ५८ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका १२ वटा समूहमध्ये जलविद्युत् र म्युचुअल फन्ड बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । आज बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएके छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ३३४.३२ अंकले बढेको छ भने जलविद्युत् समूहको परिसूचक २.१२ अंकले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको २५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुर्नबीमा कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्न्ट बैंकको सेयर मूल्यमा मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज बेस्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ ।

५२ बैंक तथा वित्तीय संस्थाले गरे आस्वा नवीकरण (सूचीसहित) Read Previous

५२ बैंक तथा वित्तीय संस्थाले गरे आस्वा नवीकरण (सूचीसहित)

बुद्ध एयरको होलिडे प्याकेज : ६ हजारमा २ दिनको लजिङसहित पोखरा टूर, ८ हजारमा सौराहा Read Next

बुद्ध एयरको होलिडे प्याकेज : ६ हजारमा २ दिनको लजिङसहित पोखरा टूर, ८ हजारमा सौराहा