काठमाडौं। आर्थिक वर्ष २०७७/७८ कालागि ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुले आस्वा अनुमतिपत्र नवीकरण गराएका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार चालू आवका लागि २७ वटै वाणिज्य बैंक, १३ विकास बैंक र १२ वटा फाइनान्स कम्पनीहरुले सेवा नवीकरण गराएका हुन् ।
बोर्डको नियम अनुसार आस्वा सदस्यता लिएका संस्थाहरुले प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । अनुमति लिएका संस्थाले नवीकरण नगरेमा ग्राहकले आस्वा तथा सी–आस्वामार्फत सेयर आवेदन दिन पाउँदैनन्।
सदस्यता नवीकरण गरेका बैंक तथा वित्तीय संस्थाहरुबाट धितोपत्र निष्कासन आइपीओ, हकप्रद, एफपीओ र ऋणपत्र लगायतमा आवेदन दिन सकिनेछ ।
बैंकहरुले आस्वा सेवाका लागि निःशुल्क र सशुल्क सेवा दिने गरेका छन्। सशुल्क सेवा दिने बैंकहरुले न्यूनतम १ रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म लिने गरेका छन्।
