चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्‍न

काठमाडौं । पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्‍न भएको छ ।

 

चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन उक्त सबस्टेसन निर्माण गरिएको हो ।

 

सबस्टेशन बनेसँगै हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्‌बाट उक्त सबस्टेसनको सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

हेटौंडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्‌लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

 

सबस्टेसन सञ्‍चालनमा आएपछि प्राविधिक चुहावट करिब ५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने जनाइएको छ ।

 

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ ।

साउन १९ देखि प्रभु बैंकको २ अर्बको ऋणपत्र खुल्ने Read Previous

साउन १९ देखि प्रभु बैंकको २ अर्बको ऋणपत्र खुल्ने

५२ बैंक तथा वित्तीय संस्थाले गरे आस्वा नवीकरण (सूचीसहित) Read Next

५२ बैंक तथा वित्तीय संस्थाले गरे आस्वा नवीकरण (सूचीसहित)