काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ हजार अंकित दरले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ-संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ ।
यस्तै बाँकी रहेको ८० करोड रुपैयाँ बराबरको आठ लाख कित्ता ऋणपत्रको ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको ७ लाख ६० हजार कित्तामा भने सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
८ वर्ष अवधि रहेको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । ऋणपत्रको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।
लगानीकर्ताले छिटोमा साउन २३ गते र उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।