काठमाडौं । अब सुन चाँदी जस्तै हीरा तथा अन्य बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण गरिने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले मूल्य निर्धारण समिति गठन गर्ने निर्णय गरेको हो ।
हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली-नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको भन्दै महासंघले मूल्या निर्धारण गर्ने भएको हो ।
हालसम्म सुन तथा चाँदीको मूल्य निर्धारण हुने भए पनि बहुमूल्य हीरा तथा पत्थरको मूल्य कति भन्ने निर्धारण हुन सकेको थिएन् ।
महासंघका अनुसार नेपालमा अहिलेसम्म भारतको मुम्बइमा रहेको डाइमण्ड बजारको मूल्यसँग तुलना गरेर मूल्य तोक्ने गरिएको छ ।
आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब समेत स्थापना गर्ने भएको छ ।