सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गते हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन तथा सातौं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

 

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट करिब ४०० जना प्रतिनिधी सहभागी हुनेछन् ।

 

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । निर्णय अनुसार सातै प्रदेशमा एकै दिन (असोज १२ गते नै) साधारणसभा सम्पन्न हुने छ ।

 

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।

१७ वटा हाइड्रोमा लगानी गर्ने घाटामा, सेयरको भाउ आइपीओभन्दा सस्तो, कुनको मूल्य कति Read Previous

१७ वटा हाइड्रोमा लगानी गर्ने घाटामा, सेयरको भाउ आइपीओभन्दा सस्तो, कुनको मूल्य कति

अब हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गरिने Read Next

अब हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गरिने