ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन

ललितपुर । स्थानीय बासिन्दाहरूको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम जडान गरी सेवा प्रारम्भ गरेको छ ।

 

बैंकको १३८ औं एटिएमको उद्घाटन आज नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संंयुक्त रुपमा गरेका हुन् ।

 

बैंकको एटिएम सञ्जालको कुल संख्या १३८ पुगेको छ । जसमा उपत्यकाभित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा रहेका छन् ।

 

भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्ने जनाइएको छ ।

 

बैंकले देशव्यापी रुपमा ७९ वटा शाखा र १३८ वटा एटिएम सञ्जालबाट आफ्ना ग्राहक वर्गलाई बैकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकले १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट देशव्यापी र विश्वभरबाट रेमिट्यान्स सेवा प्रदान गरिरेको छ ।

एलआइसी नेपालको मूल्य समायोजन Read Previous

एलआइसी नेपालको मूल्य समायोजन

तीन महिनामा साढे ४ लाख वृक्षरोपण Read Next

तीन महिनामा साढे ४ लाख वृक्षरोपण