एलआइसी नेपालको मूल्य समायोजन

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३४.४६% दिए बोनस दिने भएपछि मूल्य समायोजन गरेको हो ।

 

समायोजनपछि बिहीबार एलआइसी)को सेयर कारोबार ११ सय ८७ रुपैयाँ ७० पैसालाई आधार मानेर खुलेको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३४.४६% बोनस सेयर र ३५.५४% नगद लाभांश गरी कुल ७०% लाभांश वितरण गर्न लागेको छ ।

 

यसका लागि एलआइसीले साउन २४ गते साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले बिहीबारबाट बुक क्लोज गरेको हो । कम्पनीको साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

अपरिचित विदेशी नम्बरबाट आएको फोन नउठाउन अनुरोध Read Previous

अपरिचित विदेशी नम्बरबाट आएको फोन नउठाउन अनुरोध

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन Read Next

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन