अपरिचित विदेशी नम्बरबाट आएको फोन नउठाउन अनुरोध

काठमाडौं । विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको हो ।

 

पछिल्लो समय विदेशका अपरिचित नम्बरहरूबाट फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहरूले हैरानी बेहोरेका छन्। कतिले त ति फोनमा रिप्लाई गरेर ठगिने गरेका छन्।

प्राधिकरणले जारी गरेको सूचनामा भनेको छ ‘त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरूबाट फोनकल आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।’

 

विदेशका अपरिचित नम्बरबाट फोन आउने समस्यामा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले यसको रोकथामको पहल गरिसकेको सूचनामा जनाएको छ।

अल्काटेलका स्मार्टफोनहरु र फीचर फोनहरु नेपाली बजारमा प्रवेश Read Previous

अल्काटेलका स्मार्टफोनहरु र फीचर फोनहरु नेपाली बजारमा प्रवेश

एलआइसी नेपालको मूल्य समायोजन Read Next

एलआइसी नेपालको मूल्य समायोजन