काठमाडौं । अल्काटेल, विश्वको सबैभन्दा ठूलो मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसनस अन्तरगतको ब्राण्ड हो । विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फीचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ ।
कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ (३जीबी र्याम प्लस ३२जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४जीबी स्टोरेज) स्मार्टफोनहरु तथा अल्काटेल २०५३डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ । यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल प्रालि यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ ।
अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवालले भने, ‘घरेलु मोबाइल बजारमा हामी नयाँ उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं । हामी निश्चित छौं कि, अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरुका साथमा ग्राहकहरुले मन पराउने छन् ।’यसका साथै उनले सम्पूर्ण स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामरा र विशिष्ट गुणस्तर रहेको बताए ।
अल्काटेल, टिसिएल कम्यूनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री संचालन गरिरहेको छ ।
ब्राण्ड लन्चको बारेमा बोल्दै टिसिटी कम्यूनिकेसन टेक्नोलोजी होल्डिंग लिमिटेडका इण्डिया क्षेत्रका क्षेत्रिय निर्देशक भारद्धाज पुडिप्पेडीले भने, नेपाल हाम्रो प्रमुख गन्तव्य हो र बृहत श्रेणीका नयाँ स्मार्टफोनहरु र फीचर फोनहरुका साथमा हामी बढिरहेको बजारमा स्थापित हुने योजनाका साथ आएका छौं । अल्काटेल ब्राण्डका फोनहरुको मूल्यबारे कुरा गर्दै पुडिप्पेडीले भने, हाम्रा सबै उत्पादनहरु प्रतिस्पर्धी मूल्यमा छन जसले उत्कृष्ट गुणस्तर र विश्वव्यापी नविनतम प्रविधिको सुनिश्चितता दिनेहुँदा यी उत्पादनहरु सूपथ मूल्यमा उपलब्ध छन् ।