तीन महिनामा साढे ४ लाख वृक्षरोपण

दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो ।

 

डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् ।

 

त्यसैगरी स्थानीय सामुदायिक वन समूहसँग समन्वय गरेर स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, नागरिकहरुको सहभागितामा वृक्षरोपण गरिएको पनि वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए। उनका अनुसार यस वर्ष ६० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ जसमा तुलसीपुर क्षेत्रमा बीस बिघा, घोराहीमा ३० बिघामा वृक्षरोपण गरिएको हो । अन्य लमही क्षेत्रको जमिनमा रोपिएको छ ।

 

त्यसैगरी सडक, किनारा, मठमन्दिर लगायतका सार्वजनिक क्षेत्रमा पनि बिरुवा रोपिएको छ । वृक्षरोपण गरिएका खुल्ला ठाउँहरुमा बिरुवा जोगाउन चुनौतीसमेत रहेको छ । कार्यालयले ती ठाउँहरुमा तारबार गर्ने बिरुवालाई जाली लगाउने जनाएको छ ।

 

वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसका बिरुवा १० लाखभन्दा बढी उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गर्दै आएको छ । बिरुवा आवश्यक परे सम्बन्धित स्थानमा रहेका वन डिभिजन कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ ।

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन Read Previous

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन

संघीयताको खिल्लीः यातायात क्षेत्रमा केन्द्र सरकारद्धारा प्रदेश सरकारको क्षेत्रधिकारमा हस्तक्षेप Read Next

संघीयताको खिल्लीः यातायात क्षेत्रमा केन्द्र सरकारद्धारा प्रदेश सरकारको क्षेत्रधिकारमा हस्तक्षेप